नौ महिनामा भित्रियो सवा ७ खर्ब, नेपाल भित्रने रेमिट्यान्समा कमी
मेरोन्यूज
२०७९ वैशाख २८ गते १६:१२

काठमाडौँ । नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७–७८ को सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्समा २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.१ प्रतिशतले बढेको थियो ।
सम्बन्धित
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया