तनहुँमा नेपाली सेनाका १० बेसक्याम्प स्थापना
काठमाडौँ । शुक्रबार हुने स्थानीय तहको निर्वाचन स्वच्छ, भयरहित र धाँधलीरहित बनाउन तनहुँमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको छ । जिल्लामा नेपाली सेनाको १० वटा बेसक्याम्प खडा गरी ४१५ नेपाली सेना सुरक्षार्थ खटाइएको छ ।
जोखिम क्षेत्रलाई मध्यनजर गर्दै सेनाले बेसक्याम्प बनाएर अवलोकन गरिरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । बेसक्याम्प स्थापना गरी नेपाली सेनाले वस्तुस्थिति बुझ्ने कार्य गरिरहेको छ । उनले भने, “मतदान केन्द्रमा कुनै घटना भएमा बढीमा ३० मिनेटमा नेपाली सेना घटनास्थलमा पुग्ने योजना बनाएका छौँ ।”
मतदान केन्द्रमा बल प्रयोग गर्नु पर्ने अवस्था देखिएमा जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप सेना परिचालन गरिने छ । बेसक्याम्पबाट नजिक रहेका मतदान केन्द्रमा बढीमा १० मिनेटमै सेनाको टोली घटनास्थलमा पुगिसक्ने छ । उच्च जोखिम मानिएका क्षेत्र नजिक नेपाली सेनाले बेसक्याम्प स्थापना गरेको हो ।
स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मत पत्रसहित तनहुँका सबै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसकेका छन् । जिल्लामा रहेका २९७ वटै मतदान केन्द्रका लागि आवश्यक ६१ प्रकारका सामान, मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी एकैसाथ पठाइएको हो । जिल्लामा १० पालिकाका कूल ४४५ उम्मेदवारका लागि एक हजार ६३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।















कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया