चुनावको मुखैमा पनि रोकिएन गाँजा तस्करी
मेरोन्यूज
२०७९ वैशाख २९ गते १३:२७

सर्लाही । प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ । बिहीबार जिल्ला सदरमुका मलंगवा नगरपालिका(८, स्थित राजश्री सिनेमा घर नजिकैबाट गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने १९ वर्षका रुस्तमकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्लास्टिकमा पोको पारेर टाउकोमा बोकेको अवस्थामा १३ किलो ९ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको भनाइ छ ।
यादवलाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको पोकोमा गाँजा फेला परेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । आवश्यक कारबाहीका लागि बरामद गाँजासहित यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
पर्सामा १०८ जनाको उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
प्रतिक्रिया