१२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो
मेरोन्यूज
२०७९ वैशाख ३० गते १२:३१
काठमाडौँ । निर्वाचन आयोगले जारी स्थानीय तहको निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।
आयोगले आहिले ७५३ स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भएको जानकारी दिएको छ ।
आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केहि मतदानस्थलमा विवादपछि मतदान अवरुद्ध भएको र अहिले सुचारु गर्ने प्रयास भैरहेको बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया