शिर्षनेतालाई जनताको तिरस्कार : कसैलाई ‘चोर’ त कसैलाई ‘देश बेचुवा’को उपमा !

काठमाडौं । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन जारी छ । देशभरका विभिन्न मतदान स्थलहरुमा मतदान कार्य भईरहेको छ । निर्वाचनको कतै उत्साह छ त कतै झडप नै झडप । त्यसैबिच चिर्वाचन आयोगले ३५ प्रतिशत मत खसेको आंकलन गरिसकेको छ ।
मतदान गर्न राजधानी छाड्नको जमात पनि उत्तिकै छ । त्यही जमातमा विभिन्न दलका शिर्षनेता ता विशिष्ट व्यक्तिहरु समेत छन् । गृहजिल्लामा मतदान गर्न पुगेका सबै शिर्ष नेताहरुले तालि मात्रै पाएका छैनन् गालि पनि पाएका छन्, त्यसको उदाहरण हो नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सुचना तथा सञ्चार प्रविधीमन्त्री एवम् काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की ।
यी दुवै नेताले आफ्नै गृहजिल्लामा अपमान सहनु परेको छ । उनिहरुलाई आफ्नै क्षेत्रका जनताले अपमान गरेका हुन् । माधव कुमार नेपाललाई जनताले गिज्याएका छन् भने ज्ञानेन्द्र बहादुर कार्कीलाई मतदान गर्न जाने क्रममा अवरोध गरेका छन् ।
उनिहरु दुवैजनालाई जनताले तिरस्कार गरेको भिडियो पछिल्लो समय समाजिक सञ्जालमा समेत निकै भाईरल बनेको छ । उक्त भाईरल बनेको भिडियोमा एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई चोर चोर भन्दै गिज्याएको छ र ज्ञानेन्द्र बहादुर कार्कीलाई ‘देश बेच्न पाईदैन, ज्ञानेन्द्र कार्की चाहिदैन’ भन्दै एमसीसी चाहिदैन भन्दै बिरोध जनाएको हो ।
माधवकुमार नेपाललाई रौटहट जिल्लाको गौर नगरपालिकामा ‘ माधव नेपाल चोर है’ भन्दै गिज्याईएको हो भने ज्ञानेन्द्र बहादुर कार्कीलाई सुनसरीमा ‘देश बेचुवा’ भन्दै मतदान गर्न अवरोध गरेको हो ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया