शिर्षनेतालाई जनताको तिरस्कार : कसैलाई ‘चोर’ त कसैलाई ‘देश बेचुवा’को उपमा !

काठमाडौं । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन जारी छ । देशभरका विभिन्न मतदान स्थलहरुमा मतदान कार्य भईरहेको छ । निर्वाचनको कतै उत्साह छ त कतै झडप नै झडप । त्यसैबिच चिर्वाचन आयोगले ३५ प्रतिशत मत खसेको आंकलन गरिसकेको छ ।
मतदान गर्न राजधानी छाड्नको जमात पनि उत्तिकै छ । त्यही जमातमा विभिन्न दलका शिर्षनेता ता विशिष्ट व्यक्तिहरु समेत छन् । गृहजिल्लामा मतदान गर्न पुगेका सबै शिर्ष नेताहरुले तालि मात्रै पाएका छैनन् गालि पनि पाएका छन्, त्यसको उदाहरण हो नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सुचना तथा सञ्चार प्रविधीमन्त्री एवम् काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की ।
यी दुवै नेताले आफ्नै गृहजिल्लामा अपमान सहनु परेको छ । उनिहरुलाई आफ्नै क्षेत्रका जनताले अपमान गरेका हुन् । माधव कुमार नेपाललाई जनताले गिज्याएका छन् भने ज्ञानेन्द्र बहादुर कार्कीलाई मतदान गर्न जाने क्रममा अवरोध गरेका छन् ।
उनिहरु दुवैजनालाई जनताले तिरस्कार गरेको भिडियो पछिल्लो समय समाजिक सञ्जालमा समेत निकै भाईरल बनेको छ । उक्त भाईरल बनेको भिडियोमा एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई चोर चोर भन्दै गिज्याएको छ र ज्ञानेन्द्र बहादुर कार्कीलाई ‘देश बेच्न पाईदैन, ज्ञानेन्द्र कार्की चाहिदैन’ भन्दै एमसीसी चाहिदैन भन्दै बिरोध जनाएको हो ।
माधवकुमार नेपाललाई रौटहट जिल्लाको गौर नगरपालिकामा ‘ माधव नेपाल चोर है’ भन्दै गिज्याईएको हो भने ज्ञानेन्द्र बहादुर कार्कीलाई सुनसरीमा ‘देश बेचुवा’ भन्दै मतदान गर्न अवरोध गरेको हो ।
















कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया