चुनावको दिन संसद् भवन नजिकै सिलण्डिर ‘बम’ विष्फोट गराउने को हुन् ?

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवननजिक सडकमा बम विस्फोट भएको छ ।
गए राति करिब २ बजे सिलिन्डर बम विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
‘‘नयाँ बानेश्वरबाट तीनकुने जाने सडकखण्डमा विस्फोट भएको हो । किन र कुन प्रयोजनको लागि विस्फोट गरियो भन्नेबारे अनुसन्धान जारी छ,” उनले भने ।
काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार एक जना व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आगो लगाएर विष्फोट गराएको पाइएको छ ।
हाल ती व्यक्तिको खोजीमा काठमाडौं प्रहरीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि परिचालित भएको छ । यद्यपि, हालसम्म उनी पक्राउ परेका छैनन् ।
निर्वाचनको विरोधमा रहेको कुनै समूहले आफ्नो उपस्थिति देखाउन विष्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । घटनामा कुनै क्षति भएको छैन ।घटनास्थलबाट ‘नेकपा सिवादी’को एउटा पर्चा पनि प्रहरीले बरामद गरेको छ ।
















बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
झापामा १५ महिलासहित ९० जना मैदानमा
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया