निर्वाचनको झडपमा मृत्यु हुनको संख्या दुई पुग्यो

काठमाडौं । शुक्रबार(३० वैशाख) भएको स्थानीय तहको निर्वाचनमा झडपको क्रममा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
शुक्रबार देशभर भएका झडपका घटनामध्ये उदयपुर र सोलुखुम्बुमा भएको झडपमा परि एक्एक जना गरी दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार उदयपुरको कटारी नगरपालिका– १० स्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो । मतदान सकिए लगत्तै मतपेटिका व्यवस्थापनका क्रममा भएको झडपमा प्रवीण भनिने १८ वर्षीय वीरबहादुर कटुवालको ज्यान गएको थियो । यस्तै शुक्रबार मतदानपछि झडप हुँदा घाईते भएका सोलुखुम्बुको सोताङ गाउँपालिकामा एक माओवादी कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ।
सोताङ वडा नम्बर ३ मा भोट खसाल्न आएकी विरामी वृद्धा महिलाको मतदानलगत्तै मृत्यु भएपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो। मत खासल्नका लागि वृद्धालाई बोकेर ल्याइएको थियो । तर मतदान गरिसकेपछि भने वृद्धालाई घर पुर्याउन बेवास्ता गरेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएपछि दुई समूह बीच विवाद बढेको थियो ।
शुक्रबार साँझ भएको घटनामा घाइते भएका माओवादी केन्द्रका कार्यकर्ता ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।









सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज
निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
कस्ताे रहला आजको मौसम ?
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
प्रतिक्रिया