शुक्रबार, चैत ८, २०८१

कांग्रेस सभापतिकै जिल्लामा कांग्रेस पराजित

मेरोन्यूज २०७९ वैशाख ३१ गते १८:०२

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह वडामै नेपाली कांग्रेस पराजित भएको छ । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार दिएका नरेश भण्डारी वडाध्यक्षमा विजयी भएका हुन् ।

भण्डारीले ६७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भएका हुन् । उनले जम्मा ५४४ मत मात्रै ल्याएका थिए । विजयी भण्डारी कांग्रेस बीपीबाट करुवा चिनाव चिह्न चुनाव लडेका थिए ।

कांग्रेस डडेल्धुराका पूर्व सभापथि कर्णबहादुर मल्लले विद्रोह गरी कांग्रेस बीपीबाट जिल्लाभर उम्मदेवार उठाएका थिए । एमालेसँग तालमेल गरेका मल्लले भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

कांग्रेस सभापतिसमेत रहेका देउवाको घर गन्यापधुरा गाउँपालिका १ मा रहेको छ ।

प्रतिक्रिया