संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज

मन्त्रिपरिषद्को यही १६ चैतको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’को पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदै छ ।
कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट मोहन आचार्य, एमालेका तर्फबाट संविधानसभा सदस्य भीष्मनाथ अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका नेता एवं संविधानसभाका सदस्य देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सदस्य छन् ।
यसैगरी, कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य छन् । कार्यदलको सदस्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लीलाधर सुवेदी छन् ।
नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यदलमा प्रतिनिधित्व गर्ने सदस्य आजै चयन गर्ने अपेक्षा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया