मेयरका उम्मेदवारको आरोपपछि निर्वाचन अधिकृत बेहोस
काठमाडौँ । सिराहाको लहान नगरपालिकामा मत गणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले व्यक्तिगत ढंगले निर्वाचन अधिकृतमाथि लाञ्छना लगाउँदा उनी बेहोस भएका छन् ।
स्थानीय तहको निर्वाचनअन्तर्गत लहानका निर्वाचन अधिकृत गोविन्दराज पोखरेलाई बैठक सुरु भएको करिब १५ मिनेटपछि नेकपा एसका मेयर पदका उम्मेदवार वसन्त साहले व्यक्तिगत ढंगले विभिन्न लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस भएका हुन् ।
लाहान ग्रामीण स्थित भूसंरक्षण कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान सवा ८ बजेतिर बैठक बस्ने क्रममा मेयर पदका उम्मेदवार साहले व्यक्तिगत रुपमा लाञ्छना लगाएपछि बेहोस भएको सहायक निर्वाचन अधिकृत अनिल साहले जनाए ।
उनी ‘बेहोस भएपछि बैठक रोकेर तत्काल एम्बुलेन्समा अस्पताल लगेर उपचारपछि क्वार्टर ल्याइएको थियो । ‘उहाको स्वस्थ्य अवस्था समान्य रहेको छ,’ साहले भने ।
पुनः बैठकका लागि दलीय प्रतिनिधिलाई फोनमार्फत जानकारी गराइएको छ ।

















चुनावमा कसैको बहुमत आउँदैन, नयाँ र पुराना भन्ने भाष्य नै गलत छ : प्रचण्ड
अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
कांग्रेस उपसभापति शर्माद्वारा मतदान
गगन उम्मेदवार रहेकाे सर्लाही-४ मा मतदान सुरु भए लगत्तै हुलदङ्गा
विप्लवले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
प्रतिक्रिया