मोदीको सुरक्षाको कमाण्ड नेपाली सेनालाई
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १९:३०

काठमाडौं । नेपाल भ्रमणको क्रममा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाको कमाण्ड गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ ।
जेठ दुई गते बुद्ध जयन्तिको अवशरमा नेपाल भ्रमणमा आउन लागेका मोदीको सुरक्षाको कमाण्ड गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको हो ।
मोदीको सुरक्षाकै लागि नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शहकुल थापा समेत शनिवार लुम्बिनी पुगिसकेका छन् ।
२५६६ औँ बुद्ध जयन्तीका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन् । उनी हेलिकप्टरबाट लुम्बिनी आउँदै छन् । लुम्बिनीमा चारवटा हेलिप्याड बनाइएको छ ।
मोदीको भ्रमण कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनी जाँदै छन् । भारतीय प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकाल समालेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।
यसअघि मोदी सन् २०१९ मा नेपाल आएका थिए ।
सम्बन्धित
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया