कांग्रेस प्रवक्तालाई प्रश्न : गठबन्धनको औचित्यता पारम्भिक मत परिणामले पुष्टि गर्छ ?

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ ।अहिलेसम्म २३ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । त्यसमध्ये एमाले १०, कांग्रेस आठ, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी दुई स्थानीय तहमा विजयी भएका छन् । बाँकी ७३० स्थानीय तहको मतगणना भइरहँदा कांग्रेसले धेरै पालिकामा अग्रता लिईरहेको छ । प्राप्त पछिल्लो परिणामबाट के संकेत गर्छ ? यस विषयमा केन्द्रीत रहेर कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतसँग गरिएको छोटो कुराकानी :
१) स्थानीय तह निर्वाचनमा मतगणनाको प्रारम्भिक विवरणप्रति कांग्रेसको मूल्यांकन कस्तो छ ?
निर्वाचनको पारिम्भिक परिणामहरु सार्वजनिक भईरहेका छन् । परिणाम नेपाली कांग्रेस र गठबन्धनको पक्षमा आइरहेको छ । प्रारम्भिक अग्रताको संख्या हेर्ने हो भने पनि कांग्रेस निकै माथि छ । गठबन्धन दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई जोड्ने हो भने गठबन्धनलाई राम्रो परिणाम प्राप्त हुने देखियो । प्रारम्भिक परिणामलाई आधार मान्दा कांग्रेसले धेरै स्थानीय तहमा जित्ने अनुमान गर्न सकिन्छ । समग्रमा गठबन्धन दलहरूलाई फाइदै भएको देखियो ।
२) गठबन्धनको सार्थकता पुष्टि भएको भन्न मिल्ला ?
गठबन्धनको सार्थकता नै हो भन्न मिल्छ । सबै ठाउँमा गठबन्धन त भएन । नभएको ठाउँमा मित्रवत् प्रतिस्पर्धा छ । जे भए पनि समग्रमा कांग्रेस देखिएको छ । यसले एमालेले भन्दा गठबन्धन दलले दोब्बर बढी स्थानीय तह जित्ने देखिन्छ ।
कांग्रेस एक्लै पनि एमालेभन्दा धेरै माथि छ । यो खुसीको संकेत हो । जुन पृष्ठभूमिमा समझदारी भएर गठबन्धन बन्यो, त्यो सार्थकता पुष्टि हुने देखिन्छ ।
३) तालमेलको क्रममा कांग्रेसले जहाँ–जहाँ नेतृत्व पाएन, कांग्रेसबाटै बागी उठाउने र गठबन्धनकै अन्य दलका उम्मेदवारलाई धोका दिएको भन्ने आरोप सुनिन थालिएको छ नि ?
एक÷दुई ठाउँको उदाहरण दिएर हुँदैन । हो, केही ठाउँमा त्यस्तो आरोप लगाउन मिल्ने गरी स्थिति देखियो । तर, धोका होइन । जस्तै, भरतपुर महानगरपालिकामा गठबन्धन दल माओवादीकी प्रमुखले निरन्तर अग्रता लिएकै छिन् । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीकाका मेयरले लगातार अग्रता लिएको स्थिति छ ।
त्यहाँ त कांग्रेसको मत संख्या माधव नेपालजीको पार्टीभन्दा कता हो कता धेरै छ । हाम्रो पार्टीका नेताहरूको असन्तुष्टि पनि थियो । तैपनि पार्टीको आन्तरिक मतभेद टुंग्याउँदै कांग्रेसको पूरै सहयोग छ । उहाँ ९धनराज आचार्य०ले जित्नु हुन्छ भन्ने लागेको छ । त्यही कारणले कांग्रेसले धोका दियो भन्नु गलत हो ।
४) ललितपुुर महानगरपालिका, जनकपुर उपमहानगर, धुलिखेल नगरपालिकालगायत स्थानीय तहमा फरक फरक परिणाम देखिएको छ नि ?
तपाईंले भन्नुभएको स्थानीय तहमा कांग्रेस ठूलो पार्टी हो । हामी उदार भएर गठबन्धनका अन्य दलहरूलाई सँगै लगेका हौँ । तर, त्यहाँको वस्तुस्थिति गठबन्धनअनुसारको भएन । हाम्रै पार्टी त्यागेर जनकपुर उपमहानगरपालिकामा मनोजकुमार साहजी स्वतन्त्र हैसियतमा निर्वाचन लड्नुभयो । मनोजजी अगाडि आइरहनुभएको छ । धुलिखेलमा पनि विदुर बस्नेतजी अघि आउनुभएको छ । यसलाई ‘अपवाद’ मान्नुपर्छ । यति धेरै स्थानीय तहमा गठबन्धन सफल भइरहँदा अपवादलाई उचाल्नु हुँदैन ।
















आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया