आइतबार, चैत १०, २०८१

भरतपुरमा रेनु दाहाल ८० मतले अगाडि, विजय सुवेदीको मत कति ?

मेरोन्यूज २०७९ जेठ १ गते १४:३४

चितवन । जिल्लाको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । कूल चार हजार ८७७ मत गणना हुँदा दाहाल ८० मतले अगाडि रहेकी हुन् ।

दाहालले एक हजार ७२७ मत पाएकी छन् । उनको प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले एक हजार ६४७ मत ल्याएका छन् ।

यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन् ।

प्रतिक्रिया