झापामा मतगणना सकिएका ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी

झापा । झापामा धमाधम मतगणना भइरहेको छ । झापाका १५ वटै स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा हालसम्म ११ वटा वडामा अन्तिम मतपरिणाम आएको छ । जसमध्ये ६ वटा वडामा कांग्रेस र पाँचवटा वडा एमालेले जितेको छ ।
कांग्रेसबाट कचनकवल(१ मा कांग्रेसका महावीर लिम्बू निर्वाचित भएका छन् । यहाँ कांग्रेसले प्यानल नै जितेको हो । भद्रपुर-२ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ वडाध्यक्ष रामबहादुर कँडेल निर्वाचित भएका छन् । अन्य सदस्य पदमा भने एमालेले जित निकालेको छ ।
यस्तै, कनकाई=८ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ कांग्रेसका लीलाबहादुर कटुवाल निर्वाचित भएका छन् । बाह्रदशी-१ र २ मै कांग्रेस निर्वाचित भएको छ । बाह्रदशी-१ मा कांग्रेसका टेकबहादुर राजवंशी निर्वाचित भएका छन् । बाह्रदशी-२ मा कांग्रेसका भीमबहादुर कार्की विजयी भए ।
कमल(१ मा पनि कांग्रेसले प्यानल नै जितेको छ । कमल(१ मा कांग्रेसका केदार कटुवाल विजयी भए । अर्जुनधारा-१ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ कांग्रेसका उपेन्द्र बस्नेत निर्वाचित भएका हुन् ।
यस्तै, एमाले ५ वटा वडामा निर्वाचित भएको छ । कचनकवल(२ मा एमालेका लेखनाथ खत्री निर्वाचित भएका छन् । भद्रपुर-१ मा एमालेका रामप्रसाद अधिकारीको प्यानल नै विजयी भएको छ । शिवसताक्षी(१ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ विजयी भएका छन् । दमक-१ मा एमालेका हरि न्यौपानेको प्यानल नै विजयी भएको छ । गौरीगञ्ज-१ मा एमालेका परशुराम काफ्ले विजयी भएका छन् ।
१५ स्थानीय तहमध्ये कतै गठबन्धन, कतै एमाले र कतै राप्रपा अगाडि छन् । झापामा कतिपय स्थानीय तहमा शुक्रबार रातिबाटै मतगणना सुरु भयो भने कतिपयमा शनिबार बिहान मात्र सुरु भयो । हालसम्म गणना सुस्त छ ।















अल्ट्रा धावक टोली भारत प्रस्थान
कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया