मोदी भोलि ५ घण्टाका लागि लुम्बिनी आउने
मोदीको स्वागतका लागि देउवा आजै लुम्बिनीमा, ५ वटा विषयमा सम्झौता हुने गरी तयारी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि ५ घण्टाका लागि नेपाल भम्रणमा आउन लागेका छन् । उनी धार्मिक सदभावना भ्रमणका लागि काठमाडौं नभई लुम्बिनीमा आउन लागेका हुन् ।
बौद्द जयन्तीका अवसर पारेर उनी लुम्बिनी आउन लागेका हुन् । उनले लुम्बिनीमा मुस्किलले ४ देखि ५ घण्टाको अवधि बिताउने छन् । उनी लुम्बिनीबाटै भारत फर्किने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन, लुम्बिनी क्षेत्रमा निर्माण गरिने इन्डिया इन्टरनेसनल फर बौद्ध कल्चर एन्ड हेरिटेजको शिलान्याश गर्नेछन् । त्यसपछि नेपाल सरकारद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन तथा समकक्षी देउवाको भेटवार्ता र डेलिगेसन लेभलको बैठकमा मोदीको सहभागिता रहने कार्यक्रम छ ।
प्रधानमन्त्रीका रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो ।
मोदीसँगको भेटका लागि नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा आइतबार नै लुम्बिनी पुगिसकेका छन् । दिल्लीबाट कुशीनगरमा मोदी आउने र त्यहाँबाट विहान ११ बजे हेलिप्याडबाट लुम्बिनी मा अवतरण गर्नेछन् । त्यहाँ मोदीलाई प्रधानमन्त्री शेरवहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण लगायतले स्वागत गर्ने कार्यक्रम छ ।
दुई वर्ष अगाडी नै मोदी लुम्बिनी आउने कार्यक्रम रहेको भएपनि अन्तिम समयमा स्थगित भएको थियो ।
भ्रमण अघि मोदीले वक्तब्य दिएर आफु उत्साहित भएको जनाएका छन् । ‘गत महिना प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा हामीबीच उपयोगी कुराकानी भएको थियोस त्यसपछि उहाँसँग फेरि भेट्ने मौकाका लागि उत्सुक छु ,’ उनले भनेका छन्‚ ‘हामी जलविद्युत्, विकास र कनेक्टिभिटीसहित कयौं क्षेत्रमा सहयोगको विस्तारका लागि साझा धारणा निर्माणको काम जारी राख्ने छौं ।’
भ्रमणका क्रममा ५ वटा सम्झौता हुने बताईएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया