मंगलबार, चैत ५, २०८१

पोखरामा ४६ सय गणना, गठबन्धन १२६ ले अगाडी

मेरोन्यूज २०७९ जेठ १ गते २१:१९

पोखरा । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धन दल एमाले उम्मेदवार भन्दा १२६ मतले अगाडी देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मतको ल्याएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १ हजार ९ सय ३७ मत ल्याएर पछ्याइरहेका छन् । मेयर तर्फ राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ९ सय २५ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन् । उनीहरूको मत अन्तर १ सय ४४ छ । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ४ हजार ६ सय मतगणनामा आचार्यले १ सय २६ मतले अग्रता लिएका हुन् ।
पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

प्रतिक्रिया