प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रदेशसभा सदस्यसँग आगामी आर्थिक वर्ष २०८२/८३ को प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट ‘भर्चुअल’ बैठक गर्दै एमालेले प्रदेशको नीति तथा कार्यक्रम र बजेटको तयारीका सम्बन्धमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यसँग छलफल गरेको हो ।
बैठकमा पार्टी उपाध्यक्ष, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केन्द्र सरकारको तर्फबाट अवलम्बन गरिएका सोच र प्रदेशले बजेट तयार गर्दा ध्यान दिनुपर्ने विषयबारे धारणा राखेका थिए ।
बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलले नीति तथा कार्यक्रम र बजेट परिमाणमुखी, जनमुखी बनाउन निर्देशन दिए । छलफलमा सातै प्रदेशका नेकपा एमाले प्रदेशसभा दलका नेता र मुख्यमन्त्रीहरूले विचार राखेका थिए ।









प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
HoR election: 81 days to go: EC gearing up for polls
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया