विजय जुलुस मनाउने क्रममा करेन्ट लागेर दुई जनको मृत्यु, १३ घाइते
मेरोन्यूज
२०७९ जेठ २ गते १३:४८

सुर्खेत, २ जेठ ।सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ भने १३ घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुस जान लाग्दा बसमा करेन्ट लागेर दुई जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका हुन् ।
विजय जुलुसमा जादै गर्दा ना५ख ८०६० नम्बरको बसको छतमा बसेका बेला करेन्ट लागेर कुमाख गाउँपालिका-४ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी छन् । दुवैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइते सबैलाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले बताए ।
सम्बन्धित
















झापामा १५ महिलासहित ९० जना मैदानमा
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया