माडीमा कांग्रेस–एमालेलाई हराउँदै माओवादीका मगर अध्यक्षमा विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते १९:३७
काठमाडौँ । रोल्पाको माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अमरसिंह घर्ती मगर विजयी भएका छन् । उनले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय घर्ती मगरले तीन हजार ३७१ मत प्राप्त गरे ।
गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका जयपुरी घर्ती मगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी भएकी छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत प्राप्त गरे ।
माडी गाउँपालिकामा कांग्रेस, एमाले र स्वतन्त्रले माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया