मोदीको भ्रमणमा सुरक्षा प्रबन्ध व्यवस्थापनप्रति गृहमन्त्री खाणद्वारा धन्यवाद व्यक्त

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमा भएको भ्रमणमा सरकारका विभिन्न निकायले गरेको सुरक्षा प्रबन्ध र व्यवस्थापनप्रति धन्यवाद व्यक्त गरेका छन् ।
गृहमन्त्री खाणले प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई सुरक्षा प्रबन्धका लागि धन्यवाद व्यक्त गरेको हो ।
त्यस्तै उनले परराष्ट्रसचिव भरतराज पौडेल र लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा राष्ट्रसेवक कर्मचारीहरूलले गरेको चुस्तदुरुस्त व्यवस्थापनप्रति धन्यवाद व्यक्त गरेको हो ।
छिमेकी मुलुकका प्रधानमन्त्री र आफ्नै प्रधानमन्त्री आउँदा गरिएको सुरक्षा प्रबन्ध र व्यवस्थापन प्रशंशायोग्य रहेको गृहमन्त्री खाणले बताए । यसले लुम्बिनीप्रति हेर्ने भारतीय र प्रधानमन्त्रीको नजर सकारात्मक भएको उनको भनाइ छ । गृहमन्त्री खाणको रुपन्देही गृह जिल्ला र लुम्बिनी निर्वाचन क्षेत्र हो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया