वृश्चिकलाई आज व्यापारमा लाभ हुने,अन्य राशिफल कस्तो ?

काठमाडौं । आज मिति ३ जेठ २०७९, मंगलबार । तद्नुसार मे महिनाको १७ तारिक २०२२ । ज्येष्ठकृष्णपक्ष प्रतिपदा तिथि, कौलब करण, अनुराधा नक्षत्र, शिव योग, चन्द्रमा वृश्चिक राशिमा छ । आज बिहान सूर्योदय ५ः१५ मा भएको छ भने सूर्यास्त ६ः४७ मा हुनेछ । आजका देवता मित्र र ग्रहदेव बुध हुन् । मंगलबारको दिन गणेश र हुनमानको साधना गर्ने दिन हो ।
अब लागौं आजको राशिफलतर्फ
मेष
मेष राशि भएका जातको लागि मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । व्यापारबाटअर्थ लाभ हुनेछ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद नगर्नुहोला । आज देवालयमा गएर खानेकुरा वितरण गर्नु उत्तम हुनेछ ।
वृष
आजको दिन अध्ययन अनुसन्धानमा रुचि र मनमा हर्ष छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्ने छ । यात्रा चाहिँ कष्टकर हुनेछ । त्यसो त यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्राको शुरुवात गर्नुहोला । आजको दिन आम्दानीको स्रोत बढ्ने छ ।
मिथुन
मिथुन राशिका जातका लागि आजको दिन निकै शुभ रहेको छ । व्यापारमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने काममा सफलता मिल्नेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।
कर्कट
आज आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईंप्रति विरोध गर्नेले सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुने काम नगर्नु नै उत्तम हुनेछ।
सिंह
सिंह राशिका जातकले आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।
कन्या
परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । कुमारी कन्यालाई भोजन र बस्त्र दान दिनुभयो भने शुभ हुनेछ ।
तुला
आजको दिन त्यति अनुकुल देखिँदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईंले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । आजको दिन सकारात्मक सोच राख्नुहोला ।
वृश्चिक
व्यापारबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्ने छ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज गरेका कार्यहरु सफलतापूर्वक सफल हुनेछ ।
धनु
तपाईंलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। ब्यापारमा आजको सफलता मिल्नेछ । आर्थिक कारोबार लाभ भन्दा बढी हानी हुनेछ ।
मकर
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । मकर राशिका जातकले हरेक साता मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ । आजको दिन सूर्योदयको दर्शन र जलअभिषेक गर्दा मनमा उर्जा थपिने छ ।
कुम्भ
तपाईंले सोचअनुसारको काममा कठिनाई हुनेछ । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ । दाम्पत्य जीवनमा खुसियाली छाउनेछ ।
मीन
बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । आफ्नो काममा ध्यान दिएर योजनाबद्ध ढंगले काम गर्नुपर्ने छ । बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया