गोरखा नगरपालिकामा १५ सय मतान्तरले अग्रता लिँदै माओवादी, पछ्याउँदै कांग्रेस

गोरखा । गोरखा नगरपालिकाको निर्वाचन रोचक बन्दै गएको छ । नगरपालिकामा त्रिपक्षिय भिडन्त भएसँगै नगरपालिकाको निर्वाचन परिणाम रोचक बन्दै गएको हो ।
अहिलेसम्म नगरपालिकाको वडा नम्बर १ देखि १० सम्मको मतगणना सकिएको छ । अहिलेसम्मको मतपरिणाम हेर्दा माओवादीले मेयरमा र कांग्रेसले उपमेयरमा अग्रता लिइरहेको छ ।
वडा नम्बर १० सम्मको मतगणना सकिँदा मेयरमा माओवादीले ६ हजार ४८५ मत ल्याएर अग्रता लिइरहेको छ भने उपमेयरमा कांग्रेसले पाँच हजार २१६ मत ल्याएर अग्रता कायम राखिरहेको छ ।
यस्तै, मेयरमा कांग्रेसले चार हजार ९६२ मत ल्याएर पछ्याइहेको छ भने एमालेले तीन हजार ९५० मत पाएको छ । उपमेरमा भने जसपाले चार हजार ६४२ मत ल्याएर कांग्रेसलाई पछ्यारहेको छ भने एमालेले चार हजार ३२ मत पाएको छ ।
गोरखा नगरपालिकामा कांग्रेस, एकीकृत समाजवदीवीच र माओवादी, जसपाको बीच तालमेल थियो । एमाले एक्लै मैदानमा होमिएको थियो । समाचार लेख्दै गर्दा वडा नम्बर ११ को मतगणना गर्ने तयारी भइरहेको छ ।
१४ वटा वडा रहेको यस नगरपालिकामा अझै चारवटा वडाको मतगणना बाँकी छ । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार यी चार वडामा गरी अझैँ ६ हजार ४८२ मतगणना गर्न बाँकी छ ।








उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया