२९० पालिकाको नतिजा सार्वजनिक, कसले कति जिते ?

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार दिउँसो १२ बजेसम्म २९० स्थानको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको निर्वाचन आयोगले जनाएको छ ।
७५३ वटा स्थानीय तह मध्ये केही रोकिएका स्थानमा आज पनि मतदान हुँदैछ । अन्य बैशाख ३० मै भएको निर्वाचनको मतगणना जारी छ । देशको ६ महानगर, ११ उपमहानगरहरुको भने मतगणनाको परिणाम सार्वजनिक भएको छैन । मतगणना धिमा गतिमा भईरहेकोले यी ठााउको परिणाम आउन अझै साता दिन जति लाग्ने अनुमान गरिएको छ ।
अहिलेसम्म २९० स्थानीय तहमध्ये कांग्रेसले १३० स्थानीय तहको प्रमुख, अध्यक्ष जितेको छ । त्यसपछि दोस्रोमा एमाले छ । उसले अहिलेसम्म ८४ वटा स्थानीय तहको प्रमुख अध्यक्ष जितेको छ ।
तेस्रोमा माओवादी केन्द्र छ । उसले ६१ पलिकाको अध्यक्ष, प्रमुख जितेको छ । एकीकृत समाजवादीले ४, जनता समाजवादीले ३ र अन्यले ८ वटा स्थानीय तहको नेतृत्व हात पारेका छन् ।
आयोगका अनुसार, अहिलेसम्ममा कांग्रेसले १२५ उपप्रमुख , उपाध्यक्ष, एमालेले ८५ उपप्रमुख, उपाध्यक्ष, माओवादी केन्द्रले ५९ उपप्रमुख, उपाध्यक्ष, एकीकृत समाजवादीले ९ उपप्रमुख, उपाध्यक्ष जितेको छ ।
जसपाले ३ र अन्यले ५ उपप्रमुख उपाध्यक्ष जितेका छन् ।
गणना भईरहेकामध्ये प्रमुख अध्यक्षमा कांग्रेस १७७, एमाले १०९, माओवादी केन्द्र ५४, एकीकृत समाजवादी १५, जसपा ३९, लोसपा ८ र अन्य २४ स्थानीय तहमा अग्रता लिईरहेका छन् ।
गणना भईरहेकामध्ये उपप्रमुख, उपाध्यक्षमा कांग्रेस १५३, एमाले १३६, माओवादी केन्द्र ७१, एकीकृत समाजवादी १३, जसपा २६, लोसपा ८ र अन्यले १५ स्थानमा अग्रता लिईरहेका छन् ।















गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
शुक्लाफाँटामा बाघ गणना सुरु
नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्रतिक्रिया