प्रदेश १ का ३७ पालिका नेतृत्व कांग्रेसको पोल्टामा
गठबन्धनकै बलमा २५ पालिकामा कांग्रेसको जित, बाँकी पालिकामा मात्रै आफ्नै बलबुतामा जित

विराटनगर / प्रदेश १ का १३७ स्थानीय तहमध्ये ७२ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । एक महानगर, दुई उपमहानगर समेत रहेको यो प्रदेशमा अहिलेसम्म १२ नगरपालिका र ६० गाँउपालिकाको अन्तिम परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिका लगायत ६५ वटा पालिकाको परिणाम आउन वाँकी छ । आएका परिणाम मध्ये सवैभन्दा वढी स्थानीय तह जितेर नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
गत स्थानीय तह चुनावमा एमाले यो प्रदेशमा पहिलो दलका रुपमा रहेको थियो । स्थानीय तहमा मात्रै होइन, प्रदेश र संघमा पनि एक नम्बर प्रदेशमा एमाले बलियो शक्तिका रुपमा रहेको थियो । पहाडी जिल्लाहरुमा एमालेको बलियो पकड रहेका कारण पनि यो प्रदेशमा एमालेको शक्तिलाई कोही कसैले पनि नजरअन्दाज लगाउन सक्ने अवस्था थिएन ।
तर यो पटकको स्थानीय तहको चुनावले एमालेलाई खुम्चाईदिएको छ । बाँकी आउने परिणामले पनि एमालेलाई नखुम्चाई नरहँला भन्न सकिन्न ।
अहिलेसम्म सार्वजनिक भएका ७२ पालिका मध्ये ३७ पालिका कांग्रेसले जितेको छ । १२ नगरपालिका र ६० गाँउपालिका सहित कांग्रेसले ७२ पालिका जितेको हो ।
दोस्रोमा रहेको एमालेले अहिलेसम्म ४ नगरपालिका र १५ गााउपालिका सहित १९ वटा पालिका जितेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १२ वटा गाँउपालिका जितेको छ ।
जसपा र एकीकृत समाजवादीले एक एक वटा पालिका जितेका छन् ।
गठबन्धनको बलमै कांग्रेसको जित
प्रदेश १ मा जति पालिका जितेर कांग्रेस शीर्ष स्थानमा देखिएको छ, ति पालिका जित्नमा उसलाइृ गठबन्धनको बलियो टेको काम लागेको छ । २५ पालिका उसले माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँगको गठबनधनका कारण जित्न सहज भएको छ । कतिपय पालिकामा गठबन्धन गर्दा पनि कांग्रेसले निक्कै थोरै मतान्तरले मात्र एमालेसाग जित निकालेको छ ।
केन्द्रले आवश्यकताका आधारमा गठबन्धन गर्न चुनाव अगाडी आ आफना मातहात कमिटिलाई सत्तासिन गठबन्धन दलले निर्देशन गरेका थिए । सोही आधारमा एमाले बलियो रहेको पाहाडी जिल्लाहरु तेहथुम, संखुवासभा, पाँचथर लगायतका पाहाडी जिल्लाहरुमा गठबन्धन गरेर चुनावमा भाग लिएको थियो ।
यी हुन् गठबन्धन गरेर जितेका पालिकाहरु
१) ताप्लेजुङ फुङलिङ गाँउपालिकामा अमिर मादेन निर्वाचित भएका छन् । उनी सत्ता गठबन्धन दलसँग तालमेल गरेर चुनावमा सहभागी भएका थिए । यो पालिकामा कांग्रेसले माओवादी केन्द्रलाई उपमेयर दिएर चुनाव लडेको थियो । अध्यक्ष कांग्रेसले जित्यो तर उपमेयर माओवादीले हारेर एमालेले जित्यो ।
२) ताप्लेजुङको मिक्वाखोला कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिएर चुनाव लडेका थिए । दुवैमा गठबन्धनले जितेको छ । तर यसमा एमालेसँग गठबन्धन गर्दा पनि थोरै मतान्तरले मात्र गठबन्धन दलका उम्मेदवारहरुले चुनाव जितेका छन । कांग्रेसका भक्तवहादुर कार्की अध्यक्ष र माओवादीका डण्डु शेर्पा लामा उपाध्यक्ष निर्वाचित भएका छन् ।
३) ताप्लेजुङको मेरिङदेन गाँउपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीले लिएर चुनाव लडेका थिए । दुवै गठबन्धनका उम्मेदवारले चुनाव जितेका छन् ।कांग्रेसका युक हां विर हांगाम अध्यक्षमा तीन सय मतान्तरमा जितेका थिए । उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गा प्रसाद श्रेष्ठ चङवाङ जितेका छन् ।
४) ताप्लेजुङको सिरीजङ गाउपालिकामा कांग्रेस माओवादी अध्यक्ष उपाध्यक्ष लिएर चुनाव लडेका थिए । कांग्रेसका लालकृष्ण चौहान अध्यक्षमा जिते । माओवादीका चित्रकुमार लिम्बुले उपाध्यक्ष जिते ।
५) पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गरेर लडेका थिए । गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भए । अध्यक्षमा कांग्रेसका वमप्रसाद लावती र उपाध्यक्षमा माओवादीका महेन्द्र वहादुर खडका निर्वाचित भए ।
६) तुम्वेवा गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीलाई दिएर चुनाव लडेको यो पालिकामा गठबनधनका दुवै उम्मेदवारले जिते। कांग्रेसका बाबुराम खड्का अध्यक्ष र माओवादीका खड्कसुन्दर सम्वाहाम्फे निर्वाचित भएका छन् ।
७) पाँचथरकैं फालेलुङ गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीलार्इ दिएर गठबन्धन भएको थियो । गठबन्धनका दुवै उम्मेदवारले जितेका छन् । कांग्रेसका वीरविक्रम थाम्सुहाङ अध्यक्ष र माओवादीका महेन्द्र हाङ जवेगु उपाध्यक्ष भएका छन् ।
८) पाँचथरको फाल्गुनन्द गाँउपालिका अध्यक्ष कांग्रेस , उपाध्यक्ष माओवादीलाई दिएर गठबन्धन भएको थियो । दुवै पद गठबन्धन दलले जितेको छ। कांग्रेसका बृज हाङ आङदेम्बे अध्यक्ष र ठाकुर सिंह नेम्वाङ उपाध्यक्ष (माओवादी०ले जितेका छन् ।
९) पाँचथरको हिलिहाङ गाँउपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीलाई दिएर गठबन्धन भएको थियो । अध्यक्षमा कांग्रेस विजयी तर उपाध्यक्षमा समाजवादी पराजित भएको छ यो पालिकामा । उपाध्यक्ष एमाले ले जितेको छ । अध्यक्षमा कांग्रेसका समरवहादुर अधिकारी निर्वाचित भए ।
१०) इलामको चुलाचुली गाँउपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गरेर चुनाव लडेका थिए । कांग्रेसका राजेन्द्र केरुङ अध्यक्षमा निर्वाचित भए । तर माओवादीका उपाध्यक्षका उम्मेदवार शुकबहादुर लावती एमालेसँग पराजित भए ।
११) इलामको सन्दकपुर गाँउपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीले लिएर गठबन्धन गरेका थिए । गठबनधनका दुवै उम्मेदवार निर्वाचित भए । कांग्रेसका तुलाराम गुरुङ निर्वाचित अध्यक्षमा निर्वाचित भएका छन् ।
१२) मोरङको मिक्लाजुङ गाउँपालिका कांग्रेस र माओवादी तालमेल गरेर चुनाव लडेका थिए । अध्यक्ष कांग्रेसका बवीकुमार राई निर्वाचित भए । उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् ।
१३) धनकुटाको छथर जोरपाटी गाँउपालिका कांग्रेस माओवादी तालमेल भएको थियो । अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी लिएर । कांग्रेसका छत्रवहादुर सुब्बा विजयी । उपाध्यक्षमा माओवादीकी गीता गुरुङ विजयी भए ।
१४) धनकुटाको पाख्रिबास नगरपालिकामा माओवादी र काग्रेस गठबन्धन भएको थियो। मेयर कांग्रेसका ज्ञानवहादुर गुरुङ निर्वाचित । तर उपमेयर माओवादीका ओमप्रकाश निरौला एमालेसँग यो नगरपालिकामा पराजित भए ।
१५) धनकुटाको सागुरीगढी जसपालाई उपाध्यक्ष दिएर कांग्रेसको गठबन्धन भएको थियो । कांग्रेसका जितेन्द्र राई अध्यक्षमा निर्वाचित भए । तर जसपाका उपाध्यक्षका उम्मेदवार एमालेसँग पराजित हुन पुगे ।
१६) संखुवासभाको खाँदवारी मा कांग्रेस अध्यक्ष, माओवादी उपाध्यक्ष लिएर गठबन्धन बनेको थियो । कांग्रेसका महेश थपलिया अध्यक्ष जिते । तर उपाध्यक्ष माओवादी उम्मेदवार एमालेसँग पराजित भए ।
१७) संखुवासभाको पाँचपखनमा कांग्रेस मेयर र एकीकृत समाजवादी उपमेयर लिएर गठबन्धन भएको थियो । कांग्रेसका विपिन राई अध्यक्षमा निर्वाचित भए । उपमेयर पनि एकीकृत समाजवादीका उम्मेदवार विजयी भए। दुवै गठबन्धन ले जितेको छ ।
१८) संखुवासभाको मकालु गाँउपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन भएको थियो । दुवैमा गठबन्धन विजयी भएको छ । कांग्रेसका ओङदी छिरिङ शेर्पा अध्यक्ष निर्वाचित भए । उपाध्यक्षमा माओवादीकी मनकला रार्इ निर्वाचित भए ।
१९) संखुवासभाको सभापोखरी गाँउपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादी लिएर गठबन्धन गरेर चुनावमा गएका थिए । दुवै निर्वाचित भए । अध्यक्षमा भिमबहादुर लिम्बु निर्वाचित भए ।
२०) तेहथुमको अठारई गाउपालिका कांग्रेस अध्यक्ष, माओवादी उपाध्यक्ष लिएर गठबन्धन भएको थियो । दुवै पदमा गठबन्धनका उम्मेदवारले चुनाव जिते । कांग्रेसका दिलकुमार पाहीम अध्यक्ष र माओवादीका बली राज इङनाम उपाध्यक्ष विजयी भए ।
२१) खोटाङको केपिलासगढी गाँउपालिका अध्यक्ष समिर राई निर्वाचित भए। यहाँ कांग्रेसले जसपासँग तालमेल गरेको थियो । उपाध्यक्ष पनि जसपाका उम्मेदवार विजयी भएको छ यहाँ । माओवादी र एकीकृत समाजवादीको अर्काे गठबन्धन थियो । एमाले आफै प्रतिस्पर्धामा उत्रेको थियो ।
२२) खोटाङको बराहपोखरी गाउपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीले लिएर गठबन्धन गरेका थिए । दुवै पदमा गठबन्धनका उम्मेदवार विजयी भए । कांग्रेसका शालिकराम बन्जरा अध्यक्ष निर्वाचित भएका थिए ।
२३) खोटाङको रावा बेसी गाँउपालिका अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गरेका थिए । अध्यक्ष कांग्रेसका फटिक कुमार श्रेष्ठ विजयी भए । उपाध्यक्षमा भने माओवादी एमालेसँग पराजित हुन पुग्यो ।
२४) भोजपुरको भोजपुर नगरपालिकाको मेयर उपमेयर दुवैं कांग्रेसले लिएर गठबन्धन गरेको थियो । तर त्यहाँ अध्यक्ष मात्र कांग्रेसले जितेको छ । उपाध्यक्षमा भने एमालेले जितेको थियो । अध्यक्षमा कांग्रेसका कैलाश कुमार आले निर्वाचित भएका थिए ।
२५) तेहथुमको फेदाप गाँउपालिकामा पनि कांग्रेस र माओवादीको वीचमा गठबनधन भएको थियो । तर यहाँ माओवादीले उपाध्यक्ष कांग्रेसको चुनाव चिन्ह लिएर लडेको थियो । दुवै पदमा गठबन्धन जितेको छ । एमाले हराउन अलग चुनाव चिन्ह लिँदा अप्ठ्यारो पर्ने भन्दै माओवादीले कांग्रेसकै चुनाव चिन्हमा यो गाँउपालिकामा चुनाव लडेको हो । दुवैले जितेका छन् ।
अध्यक्षमा कांग्रेसका केवशप्रसाद भेटवाल र उपाध्यक्षमा माओवादी केन्द्रकी सुनिता पहीप निर्वाचित भइन् ।
कांग्रेसले आफ्नै बलवुतामा लडेर जितेको पालिका
- संखुवासभाको सिलिचोङ अध्यक्ष उपाध्यक्ष कांग्रेसले एक्लै जितेको छ । अध्यक्ष भुपालराज राई निर्वाचित भएका छन्, त्यस पालिकामा ।
- संखुवासभाको चिचिला गाँउपालिकामा कांग्रेसका अध्यक्ष उपाध्यक्ष नै निर्वाचित भएका छन् । अध्यक्षमा पासाङ नोर्बु शेर्पा विजयी भए ।
- भोजपुरकोअरुण गाउपालिका एक्लै जितेको छ कांग्रेसले दुवै पदमा । शालिकराम खत्री अध्यक्ष निर्वाचित भएका छन् ।
- तेहथुमको लालीगुराँस गाँउपालिका कांग्रेस एक्लै दुवै पदमा जितेको छ । अर्जुन मावोहाङ अध्इष जितेका छन् ।
- ओखलढुंगाको चम्पादेवी एक्लै जितेको छ कांग्रेसले । त्यहाँ नवराज केसी खत्री अध्यष भएका छन् ।
- खेटाङको सकेला अध्यक्ष कांग्रेसले एक्लै जितेको । उक्त गाँउको उपाध्यक्ष माओवादीले एक्लै जितेको छ ।
- सोलखुम्बुको महाकुलुङ गाँउपालिका अध्यक्ष उपाध्यक्ष दुवैमा कांग्रेस विजयी भएको छ । अध्यक्षमा सुर्यवहादुर राई निर्वाचित भएका छन् ।
- सोलखुम्बुको लिखुपिके गाँउपालिका अध्यक्ष , उपाध्यक्ष दुवै कांग्रेसले जितेको छ । मिनादेवी कार्की अध्यक्ष भएका छन् ।
सोलखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुवै कांग्रेसले जितेको छ । खिलराज बस्नेत अध्यक्ष भएका छन् ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

















देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
इजरायलले लेबनानामा गरेको आक्रमणमा ८ जनाको मृत्यु
उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न
नवपुस्ताका मतदाता भन्छन् : ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’
अजरबैजानमा इरानी ड्रोन आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
प्रतिक्रिया