नेपाल टी ट्वान्टी लिग असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ ।
युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले उक्त प्रतियोगिताको औपचारिक घोषणा क्यानद्वारा आयोजित पत्रकार सम्मेलनमा गरेका हुन् । प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । क्यानले यसअघि नै प्रेस विज्ञप्तिमार्फत उक्त प्रतियोगिताको घोषणा गरेपनि मिति भने सार्वजनिक गर्न सकेको थिएन ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी ट्वान्टी लिगको औपचारिक घोषणा गर्न पाउँदा खुसी लागेको भन्दै उक्त प्रतियोगिताले पर्यटकीय र व्यावसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरे ।
















मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया