बलात्कारको आरोपमा म्यादी प्रहरी पक्राउ
मेरोन्यूज
२०७९ जेठ ७ गते १५:०३
काठमाडौँ । बालिकालाई करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया बालिकालाई सोही वडास्थित गहते जंगलमा लगेर बलात्कार गरेको आरोप छ ।
पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन् ।
सम्बन्धित
















इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया