मंगलबार, माघ २०, २०८२

काठमाडौं महानगर अपडेट : बालेनको अग्रता कायमै, सिर्जना ८५२ मतले केशवभन्दा अगाडि

मेरोन्यूज २०७९ जेठ ८ गते १६:५७

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले भारी मतले अग्रता कायमै राखेका छन् । हालसम्म एकलाख १५ हजार ६५१ मत गन्दा मेयरका बालेनले ४० हजार ९२७ मत प्राप्त गरेका छन् । बालेन दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंह भन्दा १७,३७९ मतले अगाडि छन् । सिर्जनाले २३ हजार ५४८ ल्याएकी छन् ।

स्थानबाट तेस्रो स्थानमा झरेका नेकपा (एमाले)का केशव स्थापितले २२ हजार ६९६ मत ल्याएका छन् । सिर्जना केशवभन्दा ८५५ मतले अगाडि छिन् । काठमाडौंमा कुल एक लाख ९१ हजार १८६ मत खसेको थियो । मत गणना आज नवौँ दिन पनि जारी छ ।

प्रतिक्रिया