ललितपुरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता कायमै
मेरोन्यूज
२०७९ जेठ ९ गते २१:१७

काठमाडौं । ललितपुर महानगर प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ ।
पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार महर्जनले ३९ हजार १३१ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २२ हजार ६२० मत पाएका छन् ।
उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले २२ हजार ३०९ मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १५ हजार ६३६ मत पाएका छन् ।
हालसम्म २२ वटा वडाको मत गणना सकिएको छ । हाल वडा नम्बरहरू २२, २४, २५ र २६ को गणना जारी रहेको छ । कूल २९ वटा वडा रहेको महानगरको अन्तिम परिणाम मंगलबारसम्म आउने अपेक्षा गरिएको छ ।
सम्बन्धित
















कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया