नेप्सेमा दोहोरो अंकले सुधार

काठमाडाै । नेपाली सेयर बजार नेप्से बुधबार १४.३७ अंकले सुधार भई नेप्से परिसूचक २२ सय ३१ दशमलव ५७ अङ्कमा पुगेर बन्द भएको छ। मंगलबार १६ अंकले बढेको सेयर बजार बुधबारको वृद्धिसँगै नेप्सेका लगानीकर्ताहरूमा केही आशा पलाएको छ ।
सुधार आएको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स २.४२ अंकले बढेर ४३५ दशमलव ०९ अंकमा पुगेको छ । नेप्से परिसूचक बढेको भए पनि कारोबार रकममा भने र कारोबार संख्या निरन्तर खुम्चिँदै गएको छ।
बुधबार नेप्सेमा बजारमा १ अर्ब ४ करोड ४६ लाख रुपैया बराबरको कारोबार भएको छ। नेप्सेमा मंगलबार १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ र सोमबार १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेमा निरन्तर सेयर कारोबार संख्यासमेत ओरालो लागेको छ । मंगलबार २६ लाख ९४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने मंगलबार ३१ लाख ७३० कित्ता कित्ता र सोमबार ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको थियो बुधबार नेप्सेमा २ सय २४ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १६६ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । ५२ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ८ कम्पनीको सेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया