नेप्सेमा दोहोरो अंकले सुधार

काठमाडाै । नेपाली सेयर बजार नेप्से बुधबार १४.३७ अंकले सुधार भई नेप्से परिसूचक २२ सय ३१ दशमलव ५७ अङ्कमा पुगेर बन्द भएको छ। मंगलबार १६ अंकले बढेको सेयर बजार बुधबारको वृद्धिसँगै नेप्सेका लगानीकर्ताहरूमा केही आशा पलाएको छ ।
सुधार आएको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स २.४२ अंकले बढेर ४३५ दशमलव ०९ अंकमा पुगेको छ । नेप्से परिसूचक बढेको भए पनि कारोबार रकममा भने र कारोबार संख्या निरन्तर खुम्चिँदै गएको छ।
बुधबार नेप्सेमा बजारमा १ अर्ब ४ करोड ४६ लाख रुपैया बराबरको कारोबार भएको छ। नेप्सेमा मंगलबार १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ र सोमबार १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेमा निरन्तर सेयर कारोबार संख्यासमेत ओरालो लागेको छ । मंगलबार २६ लाख ९४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने मंगलबार ३१ लाख ७३० कित्ता कित्ता र सोमबार ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको थियो बुधबार नेप्सेमा २ सय २४ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १६६ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । ५२ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ८ कम्पनीको सेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया