बुधबार, माघ ७, २०८२

पल शाहको मुद्दामा सुनुवाई हुँदै, थुनामुक्त होलान् ?

मेरोन्यूज २०७९ जेठ १२ गते १२:५२

काठमाडौं । बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पुर्ण विक्रम शाह उर्फ पलको मुद्दामा आज सुनुवाई हुँदैछ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँने भएको हो ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए । शाहलाई धरौटीमा छाड्ने नछाड्ने भन्नेबारे आज छिनोफानो हुने उच्च अदालत पोखराले जनाएको छ ।

एक नाबालिक गायिकाले आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएपछि शाह प्रहरी हिरासतमा पुगेका थिए । त्यसपछि उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो ।

तर, पछि पीडित भनिएकी बालिका र उनका अभिभावकले बलात्कार नभएको भन्दै अदालतमा बयान फेरेपछि उक्त घटनाले नयाँ ट्विस्ट लिएको छ ।

प्रतिक्रिया