‘स्थानीय तहको निर्वाचनले सचेत गराएको छ’
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको नतिजाले दललाई सचेत गराएको बताएका छन् । उनले काठमाडौँसहित केही स्थानको मत परिणामले दललाई केही संकेत गरेको बताए ।
‘स्थानीय तह निर्वाचनको परिणामले दललाई जनताले टाढा राख्न खोजेको नभइ केही ठाउँको निर्वाचनको परिणामले भने राजनीतिक दल र दलको जिम्मेवारीलाई सचेत गराएको छ,’ उनले भने ।
स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको भन्दै उनले दलले अहिलेको निर्वाचनले गरेको संकेतलाई ध्यान दिन जरुरी रहेको बताए ।
राजधानीलगायत केही ठाउँको निर्वाचन परिणामलाई लिएर दलका नेतृत्वले समीक्षा गरेर आउने दिनमा नयाँ निर्णय गर्दै फरक तरिकाले पार्टी चलाउनु पर्ने देखिएको उनको भनाइ थियो ।
यस्तै, उपसभापति खड्काले संसदमा प्रस्तुत नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई धेरै हदसम्म सम्बोधन गर्ने गरी ल्याइएको बताए ।
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया