बुधबार, माघ ७, २०८२

विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

मेरोन्यूज २०७९ जेठ १२ गते १६:१५

काठमाडौं । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनले एक विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए । पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

गत आइतबार बिहान पीडितको फेसबुक अकाउन्टमा एक युवतीले आफूमाथि सात वर्षअघि विद्यालयका प्रिन्सिपलले नै दुई वर्षसम्म पटक–पटक बलात्कार गरेको भन्दै आफ्नो घटनाक्रम सुनाएकी छन् ।

आफ्नो पहिचान नखुलाईकन फेसबुकमा युवतीले दिएको बयानअनुसार इटहरीका ब्लुमिङ लोटस ईंङलीस सेकेन्डरी स्कुलका प्रिन्सिपल राज खड्काले २०७२र७३ मा उनीमाथि यौन शोषण गरेको बताएकी छिन् । १५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेका बेला आफूमाथि प्रिन्सिपलले पटक पटक बलात्कार गरेको उनले जनाएकी छिन् । उनले सामाजिक सञ्जालमा प्रिन्सिपलको तस्बिरसमेत सार्वजनिक गरेकी छन् ।

पहिलो पटक प्रिन्सिपलले एउटा होटेलमा लगेर उनलाई बलात्कार गरेका थिए । त्यसपछि त्यसको भिडियो बनाएर ब्ल्याक मेल गर्न थालेको पिडितले सामाजिक सञ्जाल मार्फत जनाएकी छिन् ।

प्रतिक्रिया