बिहीबार, पुष २४, २०८२

थाहा पाउनुहोस् यस्तो छ शुक्रबारको राशिफल

मेरोन्यूज २०७९ जेठ १३ गते ७:३०

काठमाडौं । आज मिति १३ जेठ २०७९, शुक्रबार । मे महिनाको २७ तारिक २०२२ । जेष्ठकृष्णपक्ष द्वादशी तिथि, तैतिल करण, अश्विनी नक्षत्र, सौभाग्य योग, चन्द्रमा मेष राशिमा छ । बिहान सूर्योदय ५ः११ मा भएको छ भने सूर्यास्त ६ः५२ मा हुनेछ ।आजको देवता ब्रह्मा र ग्रहदेव शुक्र रहेको छ । भनिन्छ, शुक्रबारको दिन यात्रा र किनमेलको लागि उपयुक्त दिन हो । मनोञ्जनात्मक कार्यका लागि शुक्रबारको दिन विदेश यात्राका लागि शुभ मानिन्छ ।

अब लागौं आजको राशिफलतर्फ

मेष
आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको देवालय यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । बिहानै सूर्योदयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । यात्रा निकै फलदायी हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

वृष
व्यापार व्यवसायबाट वृष राशिमा जातका लागि अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । कसैमाथि अनावश्यक आरोप नलगाउनु होला ।

मिथुन
आजको दिन परिवार र आफन्तजनले साथ सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । मौन रहनु निकै फलदायी रहेको छ ।

कर्कट
आजको दिन शुभ रहेको छ । आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाईँ र तपाईँसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।

सिंह
बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । परिवारका सदस्यले तपाईंलाई अनावश्यक आरोप लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । अध्यामिक यात्राले फाइदा हुनेछ । कसैसँग पनि अपमान हुने काम नगर्नुहोला । सोचअनुसार काम हुनेछ ।

कन्या
कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्धमा चिसो पन आउन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन कन्यालाई केही खानेकुरा दिनु उत्तम हुनेछ । कुनै देवीको मन्दिरमा यात्रा गर्दा पनि हुन्छ ।

तुला
आज सुरु गरेको काम सफल हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आज अर्थहानी हुन सक्नेछ ।

वृश्चिक
वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । सूर्योदयको दर्शन र जल अभिषेक गर्नु गर्दा सोच अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने काममा सफलता मिल्नेछ ।

धनु
धनु राशि भएका जातकका लागि ग्रह बलिया छन् । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ ।

मकर
आजको दिन मानसम्मान मिल्नेछ । बिहानको सूर्योदयको दर्शन गरेपछिको दिन त उत्तम हुनेछ । आजको दिन देवस्थलको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । आजको यात्रा निकै फलदायी हुनेछ ।

कुम्भ
व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन व्रत गर्दा मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । साँझको समयमा यात्रा नगर्नुहोला ।

मीन
बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापारमा हानी हुनसक्नेछ । आज व्रत गरेर, मौन रहेर नियमित काममा एकचित्त भएर लाग्नु वेश हुनेछ । आजको दिन अध्यात्मसेवा गर्दा मनोबान्चित फल मिल्नेछ ।

प्रतिक्रिया