सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गरेको अभियोगमा प्रहरी जवान पक्राउ
मेरोन्यूज
२०७९ जेठ १३ गते १३:२६

काठमाडौं । सामाजिक सञ्जालमा युवतीलाई साथी बनाएर चरित्र हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले रौतहटको दुर्गा भवानीपुर गाउँपालिकास्थित प्रहरी चौकी बटेश्वरमा कार्यरत् प्रहरी जवान कृष्णकुमार यादवलाई पक्राउ गरेको हो ।
युवतीलाई म्यासेज, च्याट, भिडिओ कल गर्ने र सोही क्रममा प्रलोभनमा पारी तस्बिर खिच्ने गरेको आरोप उनलाई लागेको थियो । त्यसरी खिचेका तस्बिर ह्वाट्सएप, फेसबुक लगायतमा पोष्ट गर्ने, धाकधम्की दिई पीडितलाई मानसिक तनाव, हैरानी, बदनाम र बेइज्जत गरेपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार थुनामा राखी अनुसन्धान थालिएको नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिए ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया