संसदमा माधव नेपालले भने : निजगढ विमानस्थल निर्माण रोक्नु दुःखद्

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतको आदेशमाथि प्रश्न गरेका छन् ।
बिहीबार सर्वोच्च अदालतले एक आदेश जारी गर्दै बाराको निजगढमा निर्माण हुन लागेको विमानस्थलको काम रोक्न आदेश दिएको थियो । यससम्बन्ध बोल्दै उनले विकासको काम रोक्नु दुःखको कुरा भएको बताए ।
‘निजगढमा विमानस्थल बनाउने विषयमा रोक लगाउन आदेश आएछ, यो कस्तो नीति हो ?,’ अध्यक्ष नेपालले भने, ‘निजगढ विमानस्थल बनाउने मास्टर प्लान कसरी बन्द भयो ।’
उनले अहिलेसम्म विमानस्थल निर्माणका लागि राज्यले करिब तीन अर्ब रुपैयाँ खर्च भइसकेको बताए । यस्तो अवस्थामा काम ठप्प गर्नु दुःखको कुरा भएको बताए ।
अध्यक्ष नेपालले निजगढ विमानस्थलको विकल्प के भन्दै प्रश्न गरे । उनले भने, ‘यो विमान स्थलको काम रोकिएको भनेर सुन्दा दुःख लाग्यो, तर यसको विकल्प के हो ?’
उनले अरूले भनेको जस्तो निजगढ विमानस्थलको निर्माणमा जंगल फडानी नहुने जिकिर गरे ।
‘म सुरुमा जाँदा अलिअलि जंगल थियो, पछि यहाँ जंगल नै देखेको छैन, विमानस्थल बन्ने भन्दा दुई किलोमिटर वरपर जंगल छैन,’ उनले भने, ‘यस्तो अवस्थामा विमानस्थलको निर्माण काम रोक्नुभन्दा बनाउनु सबै हिसाबले राम्रो थियो, यदि यो विमानस्थल निर्माण उचिन नभए किन भएन ?’











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया