संसदमा माधव नेपालले भने : निजगढ विमानस्थल निर्माण रोक्नु दुःखद्

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतको आदेशमाथि प्रश्न गरेका छन् ।
बिहीबार सर्वोच्च अदालतले एक आदेश जारी गर्दै बाराको निजगढमा निर्माण हुन लागेको विमानस्थलको काम रोक्न आदेश दिएको थियो । यससम्बन्ध बोल्दै उनले विकासको काम रोक्नु दुःखको कुरा भएको बताए ।
‘निजगढमा विमानस्थल बनाउने विषयमा रोक लगाउन आदेश आएछ, यो कस्तो नीति हो ?,’ अध्यक्ष नेपालले भने, ‘निजगढ विमानस्थल बनाउने मास्टर प्लान कसरी बन्द भयो ।’
उनले अहिलेसम्म विमानस्थल निर्माणका लागि राज्यले करिब तीन अर्ब रुपैयाँ खर्च भइसकेको बताए । यस्तो अवस्थामा काम ठप्प गर्नु दुःखको कुरा भएको बताए ।
अध्यक्ष नेपालले निजगढ विमानस्थलको विकल्प के भन्दै प्रश्न गरे । उनले भने, ‘यो विमान स्थलको काम रोकिएको भनेर सुन्दा दुःख लाग्यो, तर यसको विकल्प के हो ?’
उनले अरूले भनेको जस्तो निजगढ विमानस्थलको निर्माणमा जंगल फडानी नहुने जिकिर गरे ।
‘म सुरुमा जाँदा अलिअलि जंगल थियो, पछि यहाँ जंगल नै देखेको छैन, विमानस्थल बन्ने भन्दा दुई किलोमिटर वरपर जंगल छैन,’ उनले भने, ‘यस्तो अवस्थामा विमानस्थलको निर्माण काम रोक्नुभन्दा बनाउनु सबै हिसाबले राम्रो थियो, यदि यो विमानस्थल निर्माण उचिन नभए किन भएन ?’


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया