बिहीबार, माघ ८, २०८२

लागु औषध खैरो हिरोइनसहित चार युवा पक्राउ

मेरोन्यूज २०७९ जेठ १५ गते ९:२२

काठमाडौँ । लागु औषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका ७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेको साथबाट १५ दशमलव ९८ ग्राम लागु औषध खैरो हिरोइन बरामद गरेको हो । उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगर १३ एयरपोर्ट बस्ने वर्ष २२ का दीपक भट्ट, वर्ष १८ का विवेक चौधरी, वर्ष २५ का किशोर राना र वर्ष ३५ का कालुराम राना छन् ।

से ५ प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४ दशमलव ३९ ग्राम र सुपप्र ०१००९ प ८१८ नम्बरको मोटरसाइलमा सवार किशोर र कालुरामको साथबाट ११ दशमलव ५९ ग्राम लागु औषध खैरो हिरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

मोटरसाइकलको टुल बक्स र सेतो प्लास्टिकको थैलाभित्र लुकाएर चारै जनाले लागु औषध खैरो हिरोइन लग्दै गरेको अवस्थामा प्रहरीको टोलीले शंका लागि जाँच गर्दा फेला पारेको हो । पक्राउ परेका चारै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ ।

प्रतिक्रिया