धवलागिरीतर्फ मोडिँदा विमान सम्पर्कविहीन, दुर्घटना भएको अनुमान
मेरोन्यूज
२०७९ जेठ १५ गते ११:२३

काठमाडौँ । पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको छ । तारा एयरको जहाज १७ मिनेटमा पुग्नु पर्ने दुरीमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि खोजी सुरु भएको छ ।
म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकाले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।
जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथिको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।
जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराब भएकाले समस्या भइरहेको जोमसोम विमानस्थलले जनाएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार थिए ।
१९ यात्रु बोकेर जोमसोम उडेको विमान सम्पर्कविहीन
सम्पर्कविहीन जहाजमा थिए १३ नेपाली र ६ विदेशी नागरिक
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया