जहाज दुर्घटना : कोवाङबाट १० जनाको शव काठमाडौँ ल्याउँदै
मेरोन्यूज
२०७९ जेठ १६ गते १६:३३

काठमाडौँ । दुर्घटनाग्रस्त तारा एयरको विमानमा परी मृत्यु भएका १० यात्रुको शव काठमाडौं ल्याउने भएको छ । दुर्घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वाँरेबाट संकलन गरी कोबाङमा राखिएको शव काठमाडौं ल्याइएको हो ।
नेपाली सेनाको हेलिकप्टरमार्फत एकैपटक १० वटा शव काठमाडौं पठाउन लागिएको सेनाको सहायक रथी नारायण सिलवलले बताए ।
आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटर मुस्ताङको थासाङ गाउँपालिका २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना सवार थिए ।
सम्बन्धित


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
प्रतिक्रिया