सत्ता गठबन्धनकै दल जसपा सुदूरपश्चिम प्रतिपक्षी

काठमाडौँ । केन्द्रमा सत्ता साझेदारी गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दल हुने भएको छ ।
सोमबारदेखि सुरु भएको प्रदेशको दशौँ अधिवेशनमा जसपाकी प्रदेशसभा सदस्य मालामति राना प्रतिपक्षीको लाइनमा बसेकी हुन् ।
९ औँ प्रदेशसभासम्म सरकारकालाई समर्थन गरेको जसपा सरकारमा सहभागी नगराइएको भन्दै चैतदेखि रुष्ट बनेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराए पनि जसपालाई सरकारमा सहभागी नगराएपछि उसले चैत २६ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको घोषणा गरेको हो ।
चैत २५ गते अघिसम्म सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीमात्रै सरकारमा सहभागी थियो । कांग्रेस र जसपाले सरकारलाई समर्थन मात्रै गरेको थियो ।
अब सुदूरपश्चिम प्रदेशसभामा तीन दल जसपा, लोसपा र नेकपा एमाले प्रतिपक्षी बनेका छन् ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
प्रतिक्रिया