काठमाडौँदेखि भोटेचौरसम्मको एनओजी राइड सम्पन्न

काठमाडौँ । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौँदेखि भोटेचौरसम्म आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
गत शनिबार आयोजना भएको उक्त राइड काठमाडौँको महालक्ष्मी स्थानस्थित टीभीएसको युनिराइड शोरुमबाट शुरु भएको थियो । राइड बालकुमारी, तीनकुने, एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुँदै भोटेचौर हेवन हिल रिसोर्ट पुगेको हो ।
उक्त राइडमा सहभागीबीच एकतामूलक विभिन्न गेम खेलाइएको थियो । उनीहरुबीच विभिन्न मनोरञ्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो । राइडमा ७० जना राइडरका साथै मोटो भ्लगरहरू राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लगको उपस्थिति थियो ।
साथै, नेपालका प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी, प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकारहरू उषा उप्रेती र बिपिन श्रेष्ठको सहभागीता रहेको जगदम्बा मोटर्सको मार्केटिङ नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले बताए ।
टिभिएस एनटर्कका राइडरबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीच सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताए ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया