हब इन्टरनेशनल एजुकेशनद्धारा ‘युके-आयरल्यान्ड फेयर २०२२’ हुने

काठमाडौँ । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयबारे जानकारी दिन हब इन्टरनेशनल एजुकेशनले यही जेठ २६ गते ‘युके–आयरल्यान्ड फेयर, २०२२’ को आयोजना गर्ने भएको छ ।
विगत १६ वर्षदेखि सञ्चालित हब इन्टरनेश्नल एजुकेसनले आगामी जुन ९ अर्थात जेष्ठ २६ मा युके आयरल्याण्ड फेयर २०२२ का बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरेको छ।
अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिमाझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले हब इन्टरनेसनले आफ्नो स्थापना कालदेखि नै बेलाबेलामा यस्तो किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको छ ।
फेयरमार्फत विद्यार्थी र अभिभावकले २० भन्दा बढी युके र आयरल्याण्डका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, , छात्रवृत्ति तथा अन्य सेवा सुविधाबारे जानकारी पाउने हब इन्टरनेसनलका युके आयरल्याण्डका काउन्सेलर सुरज घिमिरेले जानकारी दिए ।

फेयरमा उपस्थित हुने विद्यार्थी मध्येबाट १११ उत्कृष्ट विद्यारथीलाई निःशुल्क आइइएलटिएस, निःशुल्क प्रोसेसिङ र गिफ्ट ह्याम्पर प्रदान गरिने हब इन्टरनेशनलका चेयर म्यान उद्धव खड्काले जानकारी दिए ।
वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षबारे प्रतिनिधिसँग जानकारी लिन सकिने छ ।












कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएनन् गगन-विश्व
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया