तारा एयर दुर्घटना : १० यात्रुको शव काठमाडौं ल्याइयो
मेरोन्यूज
२०७९ जेठ १६ गते १९:०९

काठमाडौँ । मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
काठमाडौं ल्याएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिने भएको छ । त्यसपछि आफन्तको जिम्मा लगाउने तयारी छ । शव ल्याइने भएसँगै मृतकका आफन्त त्रिभुवन विमानस्थल पुगेका थिए ।
बाँकी शव भोलि मात्र ल्याउने तयारी गरिएको छ । एउटा शव भने फेला पर्न नसकेको तारा एयरले जनाएको छ । आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ट्विनअटर जहाज उडेको केही समयमा नै सम्पर्कविहीन भएको थियो ।
आइतबार दिनभर फेला नपरेको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेको पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

सम्बन्धित
















यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया