मंगलम कम्पनको बिक्रीमा २०६ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपालको अग्रणी पाइप तथा फिटिङ्स उत्पादक मंगलम कम्पनीको बिक्री वर्ष दिनमै २०६% ले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाख रुपैयाँको कारोबार गरेको मंगलम कम्पनीले २०२२ को पहिलो ७ महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गरेको उल्लेख छ ।
कम्पनीले २०१८ मा ३७ करोड रुपैयाँ र २०१९ मा ५१ करोड रुपैयाँको व्यापार गरेको थियो । सन् २०१९ को तुलनामा २०२० मा कोरोना महामारीले कम्पनीको कारोबार ३६ प्रतिशतले घटेको थियो । कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, ‘लगातार दुई वर्ष कोभिड महामारीले सुस्ताएको व्यापार महामारीको अन्त्यसँगै पुनः गति लिन थालेको छ, यसै सिलसिलामा हाम्रो बिक्री २०६ प्रतिशतले वृद्धि भएको छ ।’
मंगलमका सबै उत्पादन उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमा बनाइन्छ । नेपालको सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।













कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया