एमाले अध्यक्ष ओलीको निर्देशन : जनताको बीचमा बजेटको भण्डाफोर गर्नु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथि भण्डाफोर गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको टिप्पणी गर्दै उनले जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदलाई निर्देशन दिएका हुन् ।
सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सरकारमाथि बजेट अनुचित, बिना सिद्धान्त र प्राथमिकताका आधारमा ल्याएको आरोप लगाउँदै भण्डाफोर हुने गरी जनताको बीचमा जान सांसदलाई निर्देशन दिएका हुन् ।
‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहीन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदलाई निर्देशन दिनु भएको छ,’ प्रमुख सचेतक भट्टराईले भने ।
एमालेले सरकारले ल्याएको बजेट चुनावमा भोट माग्ने गरी आएको आरोप लगाउँदै मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नसकेको आरोप लगाएको छ ।
संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा अध्यक्ष ओली, पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज खतिवडाले बजेटबारे सांसदलाई प्रशिक्षण दिएका थिए ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया