आईजीपी नियुक्तिको विवादमा आज सुनवाइ हुँदै

काठमाडौं । वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिट माथि आज सुनुवाइ हुदैछ । गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा धिरज प्रताप सिंहलाई नियुक्ति गर्ने निर्णय गर्यो ।
निर्णयकै भोलिपल्ट अर्थात वैशाख १९ गतेका दिन सिंह आईजीपीमा नियुक्त भए र भोलिपल्ट ९ बजे पद तथा गोपनियताको सपथ ग्रहणसमेत गरे । नियुक्ति लिएको केही समयपछि नै सिंहको नियुक्ति प्रहरी नियमावली विपरीत रहेको भन्दै आईजीपीका प्रत्यासी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिट माथि आज पूर्ण सुनुवाइ गर्ने सर्वोच्च अदालतले जनाएको छ ।
गत वैशाख २२ गते सर्वोच्च अदालतका न्यायाधीश शुष्मालता माथेमाको इजलासले आईजीपी नियुक्ति मुद्दामा पूर्ण सुनुवाइका लागि भोलि पेशी तोकी निवेदक र विपक्षी धिरजप्रताप सिंहको व्यक्तिगत फाइल र मिति वैशाख १८ गतेको आईजीपी नियुक्तिको प्रस्तावसहितको निर्णय मिसिलसमेत झिकाउन आदेश जारी गरेको थियो ।
निवेदक पोखरेलले उठाएको कानुनी प्रश्नका सम्बन्धमा पूर्ण सुनुवाइका समयमा विवेचना भई न्यायीक निरुपण हुने नै हुँदा अन्तरिम आदेश जारी गर्नु नपरेको भन्दै भोलिका लागि पूर्ण सुनुवाईको पेशी उल्लेख थियो ।
आदेशमा भनिएको थियो, ‘आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को वैशाख १८ गतेको निर्णय कार्यान्वयनमा गइसकेको र आईजीपी सिंहले दर्ज्यानी चिन्हसमेत लगाइसकेको र सिंहले कामसमेत सुरु गरिसकेकाले निवेदकले उठाएको कानुनी प्रश्नका सम्बन्धमा पूर्ण सुनुवाइबाट न्याय निरोपण गर्ने गरी हाल अन्तरिम आदेश जारी गरिरहन परेन ।’
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया