आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ जेठ ३० गतेबाट सार्न नपाइने

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति र एआईजी बढुवाबारे परेको रिटको सुनुवाई आगामी जेठ ३० गते हुने भएको छ । आज सुनुवाइ हुने भनिए पनि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा रोकिएको हो ।
नियमित पेसीअन्तर्गत आज न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा उक्त रिट निवेदनमा पुनः ७ दिन समय दिएर म्याद तामेल गर्ने आदेश दिइएको छ ।
यसअघिको आदेशअनुसार हाल आईजीपी रहेका धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रविन्द्र बहादुर धानुकको नाममा म्याद तामेल हुन नसकेको हो ।
सर्वोच्चले आदेश भएको मितिले ७ दिनभित्र प्रत्यक्ष भेटेर वा विभिन्न माध्यमबाट म्याद तामेल गर्दै त्यसको तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सबै प्रक्रिया पूरा भएपछि जेठ ३० गतेका लागि सुनुवाइ मिति तोकिएको छ ।
डीआईजीहरु घनश्याम अर्याल र प्रकाशजंग कार्कीले एआइजी बढुवाविरुद्धमा गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसैगरी एआईजी विश्वराज पोखरेलले आफू वरिष्ठ एआईजी हुँदाहुँदै धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्ति गरेको भन्दै रिट दायर गरेका थिए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया