आँखा शिविरबाट ७५७ जनाले पाए सेवा

बागलुङ । गलकोट नगरपालिका ७ मल्ममा सञ्चालित आँखा जाँच तथा शल्यक्रिया शिविरबाट ७५७ जना लाभान्वित भएका छन् । श्रीकृष्ण भैरव आँखा उपचार केन्द्रको आयोजनामा तीन दिनसम्म चलेको उक्त शिविरमा मोतियाबिन्दु भएका ५१ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
केन्द्र व्यवस्थापन समितिका सदस्यसचिव आमोदकुमार सिंहले शल्यक्रिया गरेका बिरामीलाई औषधि र चश्मा निःशुल्क वितरण गरिएको जानकारी दिए । शिविरमा आएका स्थानीयवासीलाई आँखाको सुरक्षाबारे समेत जानकारी दिइएको थियो ।
शिविरमा श्रीकृष्ण नेत्रालय, भैरहवाका नेत्र विशेषज्ञ डा सल्मा केसीलगायत चिकित्सक÷स्वास्थ्यकर्मी उपचारमा संलग्न थिए । श्रीकृष्ण नेत्रालयको प्राविधिक र घुम्टे युवा परिवार जापान शाखाको आर्थिक तथा व्यवस्थापकीय सहयोगमा शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।
यस्तै, शल्यक्रिया सेवाका लागि हरि कृष्ण आई केयर फाउण्डेशन र लायन्स क्लब अफ बुटवल, मणिउजेशले सहयोग गरेको थियो । गाउँका बिरामीलाई लक्ष्य गरी डेढ वर्षअघि मल्ममा श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्र स्थापना गरिएको थियो ।
केन्द्रले स्थानीय स्तरमै आँखासम्बन्धी रोगको परीक्षण एवं उपचार सेवा प्रदान गर्दै आएको छ । सुरुदेखि नै केन्द्रलाई चाहिने उपकरणदेखि कर्मचारीको प्रबन्ध श्रीकृष्ण नेत्रालयले नै गर्दै आएको छ ।
केन्द्रबाट आँखाको जाँच र उपचार नियमित हुँदै आए पनि शल्यक्रिया सेवा भने शिविरका बेला मात्र प्रदान गर्ने गरिएको छ । नेत्र विशेषज्ञ डा. सल्मा केसीले दृष्टि जाँच, चश्मा वितरण, आँखा पोल्ने, चिलाउनेलगायत आँखाको प्राथमिक उपचार केन्द्रबाट भइरहेको बताए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया