आफ्नै कपाल खाने लतमा परेकी महिलाको पेटबाट निकालियो ‘कपालको बल’

एजेन्सी / अमेरिकामा आफ्नै कपाल तानेर खाने लतमा परेकी एउटी महिलाको पेटबाट ठूलो ‘कपालको बल’ निकालिएको छ । उनको आन्द्राभित्र कपालको गुजुल्टो बेरिएर एउटा बल नै बनेको थियो । वाकवाक तथा बान्ता हुने र पेट अत्यधिक सुन्निएपछि उनी अमेरिकाकाे एउटा अस्पताल पुगेकी थिइन् । उनलाई खानेकुरामा रुची घटेको थियो, जसका कारण पछिल्लो ८ महिनामा उनको १५ पाउन्ड तौल घटेको थियो ।
नाम सार्वजनिक नगरिएकी ती महिलालाई जाँच गरेपछि चिकित्सकहरूले तत्काल शल्यक्रिया कक्षमा लगेका थिए । शल्यक्रिया गर्दा उनको पाँचन नलीमा एउटा कपालको गुजुल्टो फेला परेको थियो । कपालको सानो ‘पुच्छर’ उनको आन्द्रामा फसेको थियो । अर्को चार सेन्टिमिटर कपाल आन्द्रभित्र बेरिएको थियो । ३८ वर्षीया ती महिला दुर्लभ रापुन्जेल सिन्ड्रोमबाट पीडित भएको चिकित्सकले बताएका छन् ।
मेडिकल जर्नलमा प्रकाशित रिपोर्टअनुसार यस्तो सिन्ड्रोम भएका व्यक्तिले आफ्नै कपाल तान्छन र कतिपय अवस्थामा तानेको कपाल खाइदिन्छन् । पेटभित्र जम्मा भएका कपालले उनलाई नराम्रो असर गरेको थियो ।
उनमा वाकवाक हुने, बान्ता आउने, पेट फुल्ने र तौल घट्ने जस्ता लक्षण देखिएका थिए । शल्यक्रिया गरी पेटबाट कपालको ठूलो गुजुल्टो निकालेपछि उनी ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । चिकित्सकहरूले उनलाई मनोवैज्ञानिक थेरापी गर्न सुझाव दिएका छन् ।
युवतीलाई कुपोषणको उपचारसमेत गरिएको थियो । चिकित्सकले उनलाई अण्डा र कुखुराको मासुजस्ता प्रोटिनयुक्त खाना र दैनिक खानेकुरामा आइरन खान सुझाव दिएका छन् ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया