शनिबार, वैशाख १९, २०८३

चिकित्सा शिक्षा आयोगले बढायो एमबीबीएसको शुल्क,अब कति पुग्यो ?

मेरोन्यूज २०७९ जेठ १८ गते १२:१६

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत चिकित्सा शिक्षाका स्नातक तह पठनपाठनका लागि शुल्क वृद्धि गरेको छ।
आयोगको मंगलबारको बैठकले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो।

Advertisement
NiccNicc

आर्थिक वर्ष २०७९/०८० मा भर्ना हुने नयाँ विद्यार्थीले एमबीबीएस पढ्न काठमाडौं उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रूपैयाँ तिर्नुपर्ने हुन्छ।

उपत्यकाबाहिरका हकमा एमबीबीएस पढ्न विद्यार्थीले ४५ लाख ९५ हजार सात सय २१ रूपैयाँ बुझाउनुपर्ने हुन्छ।

यसअघि एमबीबीएस पढ्न करिब ४० लाख २३ हजार रूपैयाँ तिर्दा पुग्ने थियो। बिडीएस पढ्न २० लाख ९२ हजार दुई सय ४८ रूपैयाँ शुल्क लाग्ने भएको छ। विश्वविद्यालय र क्याम्पसहरूले १० प्रतिशत शुल्क वृद्धि गरिनुपर्ने माग राखेका थिए।

प्रतिक्रिया