कुटपिट मुद्दाका आरोपित १८ वर्षपछि पक्राउ
मेरोन्यूज
२०७९ जेठ १८ गते २१:१७

सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुराका ४२ वर्षीय लालदेव यादव १८ वर्षपछि आज पक्राउ परेका छन् । अदालतले कैद र जरिवानाको फैसला गरेपश्चात् फरार रहेका यादवलाई १८ वर्षपछि गाउँघरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
कुटपिट मुद्दामा सप्तरी जिल्ला अदालतले २०६१ असार १० गते यादवलाई तीन महिना कैद र ७२५ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तत्कालीन पुनरावेदन अदालत राजविराजले समेत विसं २०६४ असार ४ गते सो फैसला सदर गरेको थियो । उनीविरुद्ध सोही ठाउँका दीपेन्द्रकुमार यादवले उजुरी दिएका थिए ।
पक्राउ परेका अभियुक्तलाई सप्तरी जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक मात्रवप्रसाद काफ्लेले बताए ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया